काठमाडौं । भारतले नेपाललेआफ्नो नयाँ संसद् भवनमा राखेको अखण्ड भारतलाई स्वीकार गरिसकेको निष्कर्ष निकालेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको नौ वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा ‘अखण्ड भारत’को मुरलबारे नेपालले स्वीकार गरिसकेको निष्कर्ष सुनाएका हुन्।
उनले भने, ‘अखण्ड भारतु मुरल अशोक साम्राज्यको समयको हो। यसलाई राजनीतिक मुद्दा बनाउनु हुँदैन। हाम्रा मित्र छिमेकीहरूले यो बुझ्नेछन्। मलाई भनिएको छ कि उनीहरूले हाम्रो स्पष्टीकरणको प्रशंसा गरेका छन्।’
उनले नेपालको नाम नलिए पनि छिमेकीले मुरलको प्रशंसा गरेको बताएका हुन्। उनले यस मुरलबारे पाकिस्तानसँग बुझ्ने क्षमता नै नभएको पनि बताएका छन्। उनले भने, ‘पाकिस्तानको बारेमा बिर्सौं। म पाकिस्तानले बुझ्छ भनेर आशा गर्दिनँ, किनकि पाकिस्तानसँग बुझ्ने क्षमता नै छैन।’
प्रतिक्रिया लेख्नुहोस्:-