Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मृत्युसंग लडिरहेका प्रशिद्ध न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाद्वारा आफ्नो रोगबारे गरेको खुलासा

जेष्ठ २६, २०७५ ४:११ मा प्रकाशित
मृत्युसंग लडिरहेका प्रशिद्ध न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाद्वारा आफ्नो रोगबारे गरेको खुलासा
Share on FacebookShare on Twitter

(डा. देवकोटाले आफ्नो रोग र बेलायतमा गरिएको उपचारका बारेमा देशसंचारसंग गरेको कुराकानीका आधारमा हाम्रो इकोनोमीमा प्रकाशित सामाग्रीबाट साभार-सम्पादक)

मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३/४ वर्ष जेठा हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु जस्तो लाग्यो।

माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्‍यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ ती दृश्यहरु। एक बोतल बियरबाट ५/७ घुट्का पिएपछि मन लागेन। हेनरीलाई पनि खासै रमाइलो लागेन। बियरको तर्पण दिएर ओर्लियौँ। 

यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन। काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले। मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म। पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो। ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो। उपचार सुरु भयो। मलाई फाइदा भएन, काम पनि गरिराखेँ। औषधि पनि खाइ राखेँ।

त्यसपछि चुनावको रौनक थियो। गोरखाको चुनाव रमाइलो थियो। विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ। करिब १० दिनपछि फेरि गोरखा गएँ। एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा र्‍यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ। विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ। तर यता आएर भाषण दिने बानी हटेको थियो। राम्रै बोलेँ। थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग। भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ। भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ। म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन। बिहीबार दिनभरि आराम गरेँ। शरीरमा अलि शक्ति आएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ।गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन्। उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन। म ‘इरिटेट’ भएँ। तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन। ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो। ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो। ऐना हेरेँ, आँखा पहेँला। ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो।

मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो। आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ। त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ।त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन। पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो।

भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो। नलीहरु ‘ड्रेन’ गर्न नसके २/४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो।

मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल गर्‍यौँ। ढुक्क हुन सकिएन। तत्काल बेलायत फोन गर्‍यौँ हेनरीलाई। उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए। उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ। हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो। सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ।

म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन। नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५/६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए।बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो। उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन्। त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे। पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन। अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले। वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो।

उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ। कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने। त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे।नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ। सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ। तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा।

सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो। त्यो दु:खद थियो। फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन। रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ। रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन्। त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन।किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म।

खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।

निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ। मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ। त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ। दाजुभाइ दिदी बहिनीहरुकै समिपमा। मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् मलाई थाहा छैन। तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ। त्यसैले म केही बोल्ने प्रयास गर्नेछु।

म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु। मेरा अनुभव र भनाइ राख्दै जानेछु। मृत्यु अवश्यंभावी छ।गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु‍… ।’अर्थात जन्मपछि मृत्यु निश्चित छ।हेनरी लंगफेलोले भनेका छन्, जिन्दगी भनेको आमाको गर्भबाट निस्केर चिहानसम्मको यात्रा हो।हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने टार्ने प्रयास गर्छौँ।

क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो। मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ।

तस्वीर: डा. देवकोटाको फेसबुकबाट

सम्बन्धित समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने
ट्रेन्डिंग न्यूज्

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 
Breaking News

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result