काठमाडौं । नेपालका ठुला दुई वाणिज्य बैंकहरु मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने समझदारी भएको छ।
शुक्रबार भएको समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनका अनुसार नाम, स्वाप रेसियो, बोर्ड डिरेक्टर, सीईओ, वरिष्ठ डेपुटी सीईओमा टुंगो लागेको छ।
यसअनुसार बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुने उनले जानकारी दिए। मर्जपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३÷३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ।
त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन् । बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्। दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ।
प्रतिक्रिया लेख्नुहोस्:-