दूरबिन नेपाल, अमेरिका
गिरिजा प्रसाद अमेरिका फाउण्डेसनकी केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाले नेपालको खाँदवारी नगरपालिका र भाटेखोला गाउपालिकाका विपन्न परिवारलाई सहयोग गरेको जिपी कोइराला फाउण्डेसनले जनाएको छ । कोरोना भाईरसको कहरले आक्रान्त बनेका विपन्न परिवारका ६३ जनालाई ३० किलोको एक एक बोला चामल शेर्पाले सहयोग गरेको बताइएको छ ।
भोटखोला गाउँ पालिका र खाँदबारी नगरपालिका क्षेत्रमा बसोबास गर्ने अति बिपन्नहरुलाई सहयोग वितरण सम्पन्न गरिएको हो । राहत वितरण कार्यक्रम नारायण कुमार श्रेष्ठ, उमङ्ग लामा र जेन्जेन भोटे लगायतको सहभागितामा सम्पन्न गरिएको थियो । विपन्न परिवारलाई सहयोग गर्ने दावा शेर्पा लगायतको टोलीलाई फाउण्डेसनले आभार व्यक्त गरेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-