काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकाले प्रतिवाद गर्ने बताएका छन् ।
नेता पौडेलले सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भिर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो,’ पौडेलले भने, ‘तर दुर्भाग्य एकथरी तत्वहरुले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरुलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानून बनाएर कानूनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन्।’
प्रतिक्रिया लेख्नुहोस्:-