काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध किटानी जाहेरी परेको छ।
आफूलाई अभद्र व्यवहार गरेको भन्दै मीना भण्डारीले उनीविरुद्ध जाहेरी दिएकी हुन्। मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपराह्न इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी हुन्। जाहेरीमा वलीले आफूलाई कोठामै आएर कुटेको उल्लेख गरेकी छन्।
प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान पौने ९ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन्। त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनले उल्लेख गरेकी छन्।







प्रतिक्रिया लेख्नुहोस्:-