काठमाडौं । आज बसेको सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठकले कार्यविधि पारित भएको छ।
‘विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायमा दोस्रो बैठकबाट पत्राचार गरेका थियौं। अधिक संख्यामा पत्र प्राप्त भइसकेका छन्। बाँकी उपलब्ध गराउन निर्देशन दिइसकेका छौं। ’उनले भने,‘अब कार्यविधि जुन सु्झावसहित पारित भएको छ। त्यसलाई अन्तिम रुप दिने र प्रमाणिकरण गर्ने कार्यसँगै समितिले औपचारिक रुपमा अगाडि बढाउन बाटो तयार भएको छ। सजिलो भएको छ।’
उनले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी रहेको जानकारी दिए। सांसद थापाले तथ्यको विश्लेषण गरेर समिति सत्यमा पुग्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-