काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउँदा तत्कालीन समयमा आफू नै प्रधानमन्त्री भए पनि यसकारे आफूलाई जानकारी नै नदिएको दाबी गरेका छन्।
शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले आफूभन्दा अघिल्ला प्रधानमन्त्रीको स्वीकृति अनुसार पत्र गएको बताउँदै एसपीपी आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्।
सुरुमा उनले त्यसलाई अस्वीकार गरे पनि २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपीपीमा संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि ओलीले आफूलाई जानकारी नै नदिइएको बताएका हुन्।
२०७२ असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्लाई एसपीपीमा आबद्ध हुन अनुमति प्रदान गरेको थियो। जति बेला सुशील कोइराला प्रधानमन्त्री थिए।
प्रतिक्रिया लेख्नुहोस्:-