काठमाडौं । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले यस्तो निर्णय गरेका हुन् ।
सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ। बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आजको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको छ।
समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए। मोर्चाका नेतृत्व आलोपालो गर्ने सहमति भएको बुझिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-