राम खड्का, न्यू योर्क ।
उमंग र उत्साह त अवश्य नै जाग्ने भयो । संसारको सपनाको देश ऊडन पाऊने अबसर मिल्दा । त्यस मा पनि न्यू योर्क शहरको सफर ।सपनाहरु धेरै बुनिएका थिए । जहाँ धेरै आफन्त र साथि संगी पनि लामो समय देखि रहदै आएका थिए ।
मैले फेसबुकमा “आज राति किन किन निद्रै लागेन ! ” भनेर अपडेट गर्दा । मेरा आफन्तहरु नै हुन्थे पहिला लाईक र कमेन्ट मा के भयो, भन्ने । अनि सोध खोज गर्ने ।
फेरी “नट फिलिगं गुड ! ” भनेर प्रति पोस्ट ठोकदा त बाबै झन, कुरै नगरौ । “गेट वयल सुन !” भनि कमेण्ट गर्नें भिडहरुको ।
यो देख्दा त लाग्दथ्यो, म जतिको सर्व प्रिय कोही छैन होला? यी मेरा आफन्त भनौदाहरुको । फेसबुकमा शुभेच्छा पोस्ट हेर्दा, लाग्दथ्यो, यत्तिकै निको हुन्छु । म साँच्चै नै बिरामी परे भने पनि ।
फेसबुकको सम्बन्धको त कुरै नगरौ । लाग्दथ्यो, यी आफना भनौदहरू संग मैले एउटै आत्मा बाँडेर बाचिरहेछु ।
बाहिर देख्नेहरू पनि कति डाहाँ गर्थे होलान? हामी बीचको फेसबुके आत्मियता देखेर?
फेसबुकमा केही चुहिन नपाऊदै लाईक र कमेंन्ट त ठोकी हाल्ने ।
अफसोच ! जब मेरा पाईलाहरू सपनाको शहरमा ठोकिन पुगे । मैले वास्तविकता अर्कै पाए । बल्ल बुझे, फेसबुके सम्बन्धले मलाई कतिभ्रमित बनाएको रहेछ । अमेरिकन भएका यी मेरा आफनतहरूको दैलो कुल्चने अवसर त मैले कहिल्यै पाईन । खुशी मा सँगै रम्ने र दुखमासंगै रुने साथ को त के कुरा गर्नु । तर पनि लोक ले फेसबुकमा हेर्दा अझै पनि तीनै छन्, प्रिय मेरा लागी ।
यसैले मलाई जीवनमा एऊटा अनौठो पाठ सिकायो । फेसबुकको पानामा छापिएका भ्र्चुअल सम्बन्ध र ब्यवहारमा गरिने बास्तविकसम्बन्ध बीच त आकाश र धर्ती जत्तिकै दुरी पो हुँदो रहेछ ।
पाठले मलाई सचेत बनायो । भर्चुअलमाया विचित्र ।
प्रतिक्रिया लेख्नुहोस्:-