काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९र८० देखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।
यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्:-