काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
उनीहरुले सोमबार साँझ काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-