काठमाडौं । आज दिउँसो बझाङमा भएको जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।
चालक धर्मराज जोशी र सुरक्षा गार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ।







प्रतिक्रिया लेख्नुहोस्:-