काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा काबु बाहिरको अवस्था आएको बताएका हुन् ।
सरकार जनता माथि परेको पीरमर्कामा संवेदनशील रहेको मन्त्री बडूको भनाइ थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतामा असर परेको विषयमा सरकार संवेदनशील रहेको र पीडाबोध भइरहेको उनको भनाइ थियो ।
उनले मन्त्रिपरिषद्बाट पेट्रोलियम पदार्थको आपूर्ति सहज र पारदर्शी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालनीन, दीर्घअकालीन, नीतिगत र संस्थागत सुधारका लागि प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-