Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काॅग्रेसको १४ औं महाधिवेशन अगाडि जनसम्पर्क समितिको निर्वाचन हुन सक्दैन : गोविन्द भट्टराई

असार ८, २०७७ ५:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

कृष्णराज खनाल

वोस्टन, अमेरिका । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टाईले जनसम्पर्कसमितिहरूको निर्वाचन पार्टीको आसन्न १४ औ महाधिवेशन अगाडि हुन नसक्ने बताउनु भएको छ । यस्तै उहाॅले नेकपाका कार्यकर्ताहरुमानै वर्तमान सरकारप्रति भरोसा, विश्वसनीयता र क्षमता छैन भन्ने निश्कर्ष निकालेको बताउनुभएको छ ।

 

नेविसंघका पूर्व अध्यक्ष समेत रहनुभएका भट्टराईले कोभिड १९ को प्रकोपको समयमा श्रमिक, मजदुर, सुकुम्वासी र कामका लागिविदेशमा श्रम गर्न गएका नागरिकप्रति नेकपाको सरकार उदासीन र पूरै विफल भएको बताउँदै नेपाली काँग्रेस यो समयमाजिम्मेवारीवोधका साथ प्रस्तुत भएको बताउनुभएको छ ।

 

नेपाली जनसम्पर्क समिति उत्तर अमेरिका (अमेरिका र क्यानडा) का अध्यक्ष र विभिन्न च्याप्टर सभापति एवं समितिका पदाधिकारी रसमितिका केन्द्रीय पदाधिकारीहरुले आयोजना गरेको जुम बैठकमा उहाँहरुले उठाउनुभएको प्रश्नकोे उत्तर दिने क्रममा प्रमुख अतिथिभट्टराईले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले सरकारलाई सहयोग गरेको तर सरकारसँग पर्याप्त समय हुँदाहुँदै पनिनागरिकको उद्धार गर्न नसकेको, सरसामाग्री किनमेलमा भ्रष्टाचार गरेको, हवाइ टिकटमा पनि कमिसन लिएको जस्ता गम्भीर प्रकृतिकाकार्यमा संलग्न रहेकोले यो सरकार पूरै विफल भएको छ भन्नुभयो ।

 

उहाँले नेपाली काँग्रेसमा पनि गुटबन्दी छ तर यसको समाधानका लागि जित्नेले पार्टी चलाउने र हार्नेले सघाउने भन्ने आफ्नो सिद्धान्तरहेको बताउँदै देशभित्र तथा बाहिर पार्टीका लागि राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई नसिहत दिने कामको थालनी गर्नुपर्ने कुरामाजोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा नेकालाई फेरि वहुमतमा पुर्याउन सकिन्छ र यसका लागि सबैले सामूहिक प्रयासकोवातावरण तयार गर्नुपर्छ भन्नुभयो । उहाँले जनसम्पर्क समितिको निर्वाचन नेका केन्द्रीय समितिको निर्वाचन अघि हुन नसक्ने धारणा पनिराख्नुभयो ।

 

सो बैठकमा पार्टीका केन्द्रीय आमन्त्रित सदस्य एवं अमेरिका जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले आफूले यो महामारीकाबखतमा अमेरिकाको केन्द्रविन्दु रहेको सहर न्यूयोर्कमा रहे बसेका नेपालीहरुलाई दिनरात नभनी जिम्मेवारीका साथ सहयोग गरेको रआफू सधैँ कार्यरुपमा विश्वास गर्ने इमान्दार कार्यकर्ता भएको प्रष्ट पार्नुभयो । उहाँले कतिपय साथीहरुले यो बैठकमा नजान केहीसाथीहरुलाई दवाब दिइएको स्मरण गर्दै यस्तो हर्कत नगर्न अनुरोध गर्दै आफू पनि कमीकमजोरी स्वीकार गर्दै अगाडि बढ्न चाहेकोबताउनुभयो ।

 

त्यस अवसरमा कार्यक्रमका अध्यक्ष एवं जनसम्पर्क समिति क्यानडाका अध्यक्ष वुद्धिप्रकाश ओलीले जनसम्पर्क समितिकापदाधिकारीहरु परिआएको बखतमा काम पनि गर्छन् भन्ने कुरा यसपटकको महाव्याधीमा प्रमाणित भएको बताउँदै नेकाले यस्ताव्यक्तिहरुलाई प्रशंसापत्र दिन पनि कन्जुस्याइँ गर्न नहुने बताउँदै अनुशासन भंग गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव पनिदिनुभयो ।

 

त्यसैगरी एनआरएनका पूर्व उपाध्यक्ष एवं अधिवक्ता खगेन्द्र खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दोहोरो नागरिकता राज्य व्यवस्थासमितिबाट पारित भएर कानुन बन्ने प्रक्रियामा लागेको जानकारी दिँदै सबै देशका च्याप्टरहरुलाई एकतावद्ध गरेर लैजानुपर्ने आवश्यकताऔल्याउनुभयो ।

 

नेविसंघका पूर्व महामन्त्री डा. यादव पण्डितले नेजसमा समस्याहरु विद्यमान रहेको र सबैजना मिलेर मात्रै त्यसको समस्या समाधान गर्नसकिने, नेकाको विधान र अमेरिकाको कानुनले केही समस्या उत्पन्न गरे पनि त्यसलाई सहजरुपमा निराकरण गर्न सकिने कुराऔँल्याउनुभयो ।

 

सो अवसरमा सम्पर्क समितिका पदाधिकारी, सल्लाहकार र च्याप्टर सभापति समेत गरी ४८ जनाले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएकोथियो । मन्तव्य व्यक्त गर्ने अधिकाँश वक्ताहरुले नेका पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको, राजनीतिमा नलागेका युवालाई नेपालीकाँग्रेसको संगठनमा आवद्ध कसरी गर्र्ने, एक अर्काको अस्तित्व सबैले स्वीकार गर्नुपर्ने र अमेरिकामा रहेका स्वनामधन्य नेताहरु पहिलेस्वयं सुध्रनुपर्ने, हाल समितिको निर्वाचन गर्न नसकिने र यो समितिलाई बलियो बनाउनुपर्ने, निर्वाचनका लागि क्रियाशील सदस्यताकोसंख्या बढाउनुपर्ने, दोहोरो नागरिकता पारित हुनु तीन करोड नेपालीका लागि खुसीको कुरा हो जस्ता विचार व्यक्त भएको थियो । त्यसअवसरमा केही वक्ताले नेकपाको सरकार भ्रष्ट्राचारमा लिप्त भएको र अधिनायकवाद हावी भएको कुरा पनि बताउनुभएको थियो ।

 

यसरी मन्तव्य व्यक्त गर्नुहुनेहरुमा डा. अर्जुन बन्जाडे, नगेन्द्र पौडेल, विजय शर्मा, विद्यासागर योञ्जन, रामप्रसाद बस्याल, कृष्ण विष्ट, रामशरण हुमागार्इँ, वसन्त कार्की, मान्ती साह, श्याम बस्नेत, सञ्जीव श्रेष्ठ, सीपी पौडेल, नारायण खनाल, चिरञ्जीवी भट्टराई, केशवबराल, सन्तोष पहारी, उत्तम कार्की, सुमन बस्ती, डा. देशराज संयोक, गोपाल विश्वकर्मा, मदन पाठक, लक्ष्मण खड्का, रविन बस्नेत, परमानन्द खनाल, उमा शाह, विश्वराज बास्तोला, कमल सुवेदी, कृष्ण केसी, राजु ओझा, डा. विनोद शाह, राजेन्द्र थापालगायतजनसम्पर्क समितिका प्रचार संयोजक गौतम दाहालले सम्पर्क समिति, अमेरिका, नेपाली काँग्रेस र नेकपाको सरकारका बारेमा विभिन्नराय सुझाव र धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.