काठमाडौं । स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार पनि असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले सबैभन्दा बढी महानगरको प्रमुख र उपप्रमुखमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ,‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाएरनबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-