काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धन सरकार आफैं ढल्ने दाबी गरेका छन्। नेता कोइरालाले शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।
उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए। राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐनरकानुन र नियमलाई खिल्ली उडाउने काम भइरहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-