काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । उनीहरुले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेर प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि केहीबेर प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा देु लगायतका नारा लगाएका थिए
प्रतिक्रिया लेख्नुहोस्:-