काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्को यो कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन्।
उनको प्रस्ताव छ, ‘यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्वोधन गर्दा ठिक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ । ’
यसो गर्दा भौतिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासको सन्तुलनबाट दिगो विकासको लक्ष्य प्राप्त हुने भट्टराईको भनाइ छ। गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-