काठमाडौं । आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जन अनुयायीलाई यौन हिंसा गरेको आरोपमा दोषी ठहर भएका छन्। सोमबार जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर हो ।
उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ।
यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।
आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो।
प्रतिक्रिया लेख्नुहोस्:-