काठमाडौं । राप्रपा नेपालले देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्ने बताएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि वक्तव्य जारी गरेर राप्रपा नेपालले देशलाई संकटबाट मुक्त गर्न संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्ने बताएको छ ।
‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको अमूर्त तर्क केवल सता आरोहणलाई पुष्टि गर्ने निरंथक बहानामात्र हो,’ वक्तव्यमा भनिएको छ, ‘देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-