काठमाडौं । आज रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो। बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।
सो बस दुर्घटनामा ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार १२ जनाको सनाखत भइसकेको छ। एक जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया लेख्नुहोस्:-