Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा काँग्रेसीहरुको कलह,आनन्द बिष्टलाई ‘तँ’ भन्दा बिष्णु सुवेदीको पद गयो

असार २२, २०७७ ९:५० मा प्रकाशित
अमेरिकामा काँग्रेसीहरुको कलह,आनन्द बिष्टलाई ‘तँ’ भन्दा बिष्णु सुवेदीको पद गयो
Share on FacebookShare on Twitter

 

 

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको पुस्त्यौली विवाद झाङ्गिन पुगेको छ ।  एक अर्कामा पानी बाराबारको स्थितिमा रहेका नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाको सभापति आनन्द विष्टले समितिका पूर्व संयोजक बिष्णु सुवेदीलाई कारवाही गरेको सार्वजनीक गरेका छन् ।

 

सभापति विष्ट आफैले हस्ताक्षर गरिएको पत्रमा बिष्णु सुवेदीले अनुशाशन हिन काम गरेका कारण जनसम्पर्क समितिको साधरण सदस्यबाट एक बर्षलाई निलम्वन गरिएको उल्लेख छ । सामान्यतय यस अघि समितिका निर्णयहरु महासचिव मुनिन्द्र नेम्वाङ्ग वा समितिका संचार विभाग प्रमुख एवं केन्द्रीय सदस्य गौतम दाहालको हस्ताक्षर हुने गर्दथ्यो ।

 

गत जुन २८ मा सम्पन एक जुम बैठकमा आयोजकले टेक्सासका कृष्ण लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेलाई बोल्न दिएकोमा आनन्द बिष्टले आपत्ति जनाएका थिए । त्यसमा अझ गौतम दाहालले मलजल गरेका थिए । त्यस पछि सुवेदीले दाहाललाई ‘ए गौतमे’ ‘त’ जस्ता शब्द प्रयोग गरेका थिए । यस्तै सुवेदीले बिष्टलाई पनि ‘त’ भनेर सम्बोधन गरेका थिए । ‘शेरबहादुरले भनेर हुन्छ ‘तलाई’ सभापतिमान्दिन’ भनेका थिए । बिष्ट पनि निकै आक्रोसित देखिएका थिए । उनी पनि हद भन्दा तल ओर्लिएर सुवेदीलाई ‘त’ भन्न पुगेका थिए । बिष्टले पनि  सुवेदीलाई ‘मुला’ भन्ने शब्द प्रयोग गरेका थिए । बिष्टले सुवेदीलाई  ‘हैसियत देखाउछ, त मुला टाईपिस’ सम्म भनेको सार्वजनिक भिडियोमा प्रष्ट सुनिन्छ ।

 

समितिका एक सदस्यका अनुसार सुवेदी माथि अनुशासनको कारवाहीको माग गर्दै, दाहालले अनुशासन विभागमा उजुरी दिएका थिए । अनुशासन विभाग प्रमुख समितिका सचिव भोजराज थोकर छन् ।

सुवेदीलाई एकताका दोस्रो अधिवेश पछि निर्वाचित समितिलाई आजका मिति सम्म हरहिसाव फरफारक र बरबुजारथ नगरेको र संस्थाको वेभसाइट आफ्नो नियन्त्रणमा लिएर अनाधीकृत रूपमा प्रयोग गरिरहेको आरोप पनि लगाइएको छ ।

पहिला कारवाहि त्यसपछि स्पष्टिकरण

सबै भन्दा रमाईलो कुरा त के छ भने सुवेदीलाई अनुशासनको कारवाही गरेर ७२ घण्टे स्पष्ट्रिकरण सोधिएको छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार कुनै पनि कारवाही गर्नु अगाडि स्पष्टिकरण सोध्ने गरिन्छ ।

 

दूरबिन नेपाललाई प्राप्त बैठकको निर्णयमा भनिएको छ,’सुवेदीबाट आफ्नो पदिय आंचरण पालना नगरी संस्थामा आंच पुर्याउने गतिविधी गरेकाले आजकै मिति देखि लागुहुने गरी मनोनित केन्द्रीय सदस्यबाट पदमुक्त  गरेको कुरा बैठकलाई जानकारी  गराएको र निज उपर परेको कार्वाहिको सिफारीसको सम्बन्धमा आफ्ना भनाई सहित स्पष्टिकरण दिन पूर्व संयोजक विष्णु सुवेदीलाई ७२ घण्टाको समय अवधि तोकेर पत्रचार गर्न समितिका अनुशासन विभाग प्रमुख एवं सचिव भोजराज थोकरलाई भनिएको छ ।’

 

निर्णयमा थप भनिएको छ,’उक्त तोकिएको समयसिमा भित्रमा नेजसअका पूर्व संयोजक विष्णु सुवेदीले स्पष्टिकरण नदिए स्वत, एक बर्षका निमित्त जनसम्पर्क समिति अमेरिकाको साधरण सदस्यबाट निलम्बन गर्ने र पार्टीको कृयाशिल सदस्य र महासमिति सदस्यबाट पनि निलम्बन गर्न पार्टीको अनुशासन विभागलाई थप कार्वाहीको निमित्त सिफारिस गर्ने निर्णय गरेको छ ।’

सर्वसम्वत हुन सकेन निर्णय

 

समितिको सो निर्णयमा महासचिव मुनिन्द्र नेम्बाङ, ज्ञानेद्र राज कार्की र किलन राईले फरक मत राखेका जनाइएको छ । उनीहरुले ‘सभापति आनन्द बिष्टले आफ्नो अधिकारको प्रयोग गरी  पूर्व संयोजक विष्णु सुवेदीलाई मनोनित केन्द्रीय सदस्यबाट पदमुक्त गरेकोजानकारीका सम्बन्धमा संगठनका हितका निमित्त पुन विचार गर्न आग्रह गर्दै कुनै पनि आरोपितलाई जुनसुकै कारवाही गर्नु अगाडि निजलाई लगाएको दोषारोपनको बारेमा आफ्नो भनाई तथा राय राख्ने अवसर दिनु पर्ने र निजबाट स्पष्टीकरण प्राप्त भए पनि या नभए पनि थप आवश्यक निर्णय केन्द्रीय समितिको बैठकबाट मात्र गरिन्नु  पर्ने’ भनेका छन् ।

 

यस्तै बरिष्ठ उपसभापति  धनन्जय नरसिंह केसि र सदस्य – प्रमोद सिटौला निर्णयमा असहमति राखेको जनाइएको छ ।

 

जितले उन्माद बिष्ट, हारले छटपछिएका सुवेदी

विवादका बीच जन्मिएको जनसम्पर्क समितिको टेक्सास अधिवेशनलाई एकताको अधिवेशन भनिएको थियो । सन् २०१४ मा भएको अधिवेशन पछि पनि समितिको विवाद झन् झन बल्झियो । बिष्ट जितको उन्मादमा रहे भने सुवेदीले हार स्वीकार्न सकेनन् । टेक्सास अधिवेशनमा बिष्टले सुवेदीलाई हराएका थिए ।

नियमित समयमा बिष्टले अधिवेशन गर्ने छाट नदेखाए पछि सुवेदी समुह उत्तेजित बन्यो । अधिवेशनको मिति तोक्नु पर्नेमा भर्जिनियामा साधरण सभा बोलाएको भन्दै सुवेदी पक्षले साधरण सभा बहिस्कार गर्यो । सुवेदीका लागि सो निर्णय निकै महङ्गो पर्यो, किनकि त्यस अगाडि उनीहरुकै पक्षमा रहेका महासचिव नेम्बाङ सहित न्युयोर्कको ठूलो समुहले सुवेदीलाई छोडे ।

विभिन्न बाहानाबाजीका बिच पनि बिष्टले एक पटक अधिवेशन गराउने जमर्को गरेका थिए । तर बिष्टलाई के खोज्छस …….. आँखो भने जस्तै भयो । किनकी नेपालको राजनीतिमा रामचन्द्र पौडेल नजिक रहेका सुवेदी समुहले अधिबेशन रोक्का गर्ने पत्र ल्याए । सोही पत्र पछि जनसम्पर्क समितिको अधिवेशन अनिश्चित बन्यो । त्यही पत्रलाई बिष्टले मैले त अधिवेशा गराउनै खोजेको हो नी सुवेदीहरुले रोकिदिए भन्न पाएका छन् ।’ सुवेदी समुहले त्यो बेला अधिवेशन रोक्न सकेकोमा ठूलै उपलब्ध ठान्यो । जुन पछि आत्मधाती कदम ठहरियो  ।

 

त्यसो त बिष्टले नेपाली काँग्रेसको विधानलाई पनि धोति लगाएका छन् । काँग्रेसको विधानमा एक तह माथि पदमा गए पछि तत्लो पद स्वत खारेज हुने भनिएको छ । बिष्ट काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य नियुक्ति भए पछि पनि जनसम्पर्क समितिको सभापतिमा टासिरहेका छन् ।

खासमा नेपाली काँग्रेसले आफुलाई विधिको शासन मान्ने र प्रजातान्त्रिक पार्टी दावी गरे पनि बिष्ट र सुवेदी दुबैको आचरण प्रजातान्त्रिक देखिदैन । यी दुई जनाको ‘इगो’का कारण प्रवासमा सिङ्गो नेपाली काँग्रेस पार्टी र जनसम्पर्क समिति बदनाम हुदै आएको छ ।

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.