काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने दाबी गरेका छन्।
उनले आइतबार राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वैदेशिक शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताएका हुन्।
नेपाललाई हिन्दूराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए। उनले धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे भने कार्यक्रममा सम्मानित विशिष्ठ अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए ।
बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारी लगायतले बोलेका थिए।







प्रतिक्रिया लेख्नुहोस्:-