Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

असार २८, २०७५ १०:३२ मा प्रकाशित
अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ असार / चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ ।

यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् ।

कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग सम्बन्धित छ भने समाजलाई अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट जीवनतिर लैजाने दार्शनिक मान्यतालाई चित्रले प्रतिविम्बित गरेको छ ।
इञ्जिनियरसमेत रहनुभएकी कलाकार रेग्मीले प्रत्येक चित्रको संरचना हेर्दा पहेलो, रातो, खैरो रंगको प्रयोग राम्रोसँग गणितको हरहिसावलाई व्यवस्थापन गरेको पाइन्छ । सन् २०१३ मा “बुद्धका अनुहारहरु“ शीर्र्षकमा सातौ एकल चित्रकला गर्नुभएकी रेग्मीले स्वदेश र बिदेशमा गरी नौ पटक सम्म आफ्ना पेन्टिङहरुको प्रदर्शनी गरिसक्नुभएको छ ।

बरिष्ठ कला समीक्षक रमेश खनालले चित्रका किनारामा धमिलो हुँदै केन्द्रमा चहकिलो रंग भरेको शैलीले बोधिसत्व प्राप्तिका लागि अध्यारोबाट उज्यालोमा जाने विधिलाई चित्रमार्फत देखाउन खोजिएको बताउनुभयो ।

मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गर्न आकाश रिसाउँदा समुन्द्रमा रगत बगेको बिम्बमा चित्र तयार पारिएको छ । सूर्य भगवानलाई सर्वशक्तिमान, सर्वव्यापी मानिएका केही चित्रमा सर्वज्ञका रुपमा शिवशक्तिको महत्वलाई प्रस्तुत गरिएको छ भने ॐ को नाममा चित्र कोरिएको छ । सात वटा चित्र ॐ सँग सम्बन्धित छन् भने ॐ बाट शिव तथा महादेव देखाइएको छ । ॐ को अगाडि पछाडि बलिरहेको दियो, डमरु र त्रिशुल प्रतिकका रुपमा चित्रमा प्रस्तुत गरिएका छन् । विश्व ब्रम्हाण्डमा ॐ को महत्व, अविनाशी, अजर र अमर शक्तिका रुपमा सिर्जना अभिव्यक्त गरिएको छ ।

भूकम्पको समयमा नागरिकमा आएको निराशालाई केही चित्रबाट देखाउन खोजिएको छ । गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको इन्जिनियर दिनेश शिवाकोटीले बताउनुभयो ।
समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम बन्नसक्दछ किनभने यसको प्रभावले मानिसमा चाँडो परिवर्तन आउँछ । वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले आध्यात्मिक दर्शनका माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन सकिने विश्वास गरिएको छ ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले चित्रमा वैदिक परम्पराको मौलिकता रहेको बताउँदै आफूलाई चित्रले राम्रो प्रभाव पारेको विचार व्यक्त गर्नुभयो । बुद्धले बोधिसत्व प्राप्त गरेपछि पनि दिव्य ज्ञानका माध्यमबाट अन्धकारबाट अन्धकार, अन्धकारबाट उज्यालो, उज्यालोबाट अध्यारो र उज्यालोबाट उज्यालोलाई अनुभूत गर्न सकिने शिक्षाका बारेमा उपदेश दिनुभएको प्रसंग अनुत्तर निकायमा पाइन्छ ।

कलाकार रेग्मीले मानव सभ्यताको विकास क्रममा वैदिक सभ्यता र संस्कृतिको ठूलो महत्व रहेको बताउँदै ज्ञानबाट प्राप्त गरिने सत्यको स्वानुभूतीलाई विभिन्न चित्रमा अध्यात्मिक चिन्तनका अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘जीवन र जगतलाई बुझ्ने सबैका फरक फरक भोगाई र विश्लेषण नै ज्ञानका हो, त्यो सत्य वा असत्य दुबै हुन सक्तछ ।’ विभिन्न उमेर समुहका दर्शकहरुले ती चित्रलाई महत्व दिएर हेर्न आएको पाइएको छ । प्रदर्शनीको अर्को आकर्षणमा कलासँग साहित्य र पनि मिसाइएको छ । प्रत्येक चित्रमा कवी गोपीकृष्ण प्रसाईंले नेपालीमा र कवि तुसार सुबेदीले अंग्रेजीमा कविता रचना गर्नुभएको देख्न सकिन्छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result