काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन्।
शनिबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले सरकारको कार्यशैली हेर्दा आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था नरहेको बताएका छन्।
आफूहरुले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘हिजो सरकार कसरी चलाउनु पर्छ भनेर ओलीलाई भन्यौँ। तर, आज सरकार कसरी चलेको छ, देखिरहेका छौँ। अझै कति रक्षा गर्ने सरकारकोरु हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ। त्यसको प्रतिरक्षा गर्न सकिँदैन।’
पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको भनाइ छ।







प्रतिक्रिया लेख्नुहोस्:-