काठमाडौँ, ४ साउन ९ / नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले विद्यावारिधि गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कान्ून संकायबाट ‘विदेशी मध्यस्कता निर्णय कार्यान्वयनसम्बन्धी नेपालको कानूनी व्यवस्था’ विषयमा उहाँले विद्यावारिधि गर्नुभएको हो ।
कानून विषयमा अहिलेसम्म २५ जनाले मात्र विद्यावारिधि गरेका छन् । विसं २०५३ देखि कानून संकायमा विद्यावारिधि गर्न थालिएको हो ।रासस
प्रतिक्रिया लेख्नुहोस्:-