Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जित हार भन्दापनि एजेण्डा प्रमुख हो: क्रान्ति अर्याल भण्डारी, उपाध्यक्ष उम्मेदवार, एनआरएनए अमेरिका

साउन ४, २०८० ३:२५ मा प्रकाशित
जित हार भन्दापनि  एजेण्डा प्रमुख हो: क्रान्ति अर्याल भण्डारी, उपाध्यक्ष  उम्मेदवार, एनआरएनए अमेरिका
Share on FacebookShare on Twitter

“रुपान्तरण मेरो अभिष्ट” भन्ने नारा अघि सारेर चुनावी मैदानमा आउदै गर्दा यहाँले गर्न खोजेको वा चाहेको कस्तो रुपान्तरण हो?
वास्तवमा मैले भन्न खाजेको आमूल परिवर्तन हो । त्यो आमूल परिवर्तन शब्द वा भाषणमा नभएर हाम्रो सोचाई, गराई र ब्यावहारिक रुपान्तरणको लागि हो । अहिले एनआरएनए अमेरिकाको चुनावमा खुल्ला रुपमा उपाध्यक्ष पदमा मेरो उम्मेदवारी पनि त्यही परिवर्तनको उद्घोष हो । पहिलाको निर्वाचनमा हामी महिला महिला विचमा प्रतिष्पर्धा गराइयो, जव एक महिलाले आफूलाई खुल्ला रुपमा रुपान्तरणको लागि नेतृत्व र चुनौतिलाई स्वीकार गर्ने अवस्था आउछ, अनि त्यसमा अनेकन खालको बहानावाजी गरेर टिकट नदिने काम गरियो । म नेतृत्व र चुनौतिलाई अवसरको रुपमा लिएर काम गर्न सक्ने महिला हुं यसकारण पनि खुल्ला रुपमा चुनावी मैदानमा मा आएको हुं ।
भनेपछि तपाई उम्मेदवारी पुरुषहरुका लागि चुनौति हो ?
हामी आफूलाई समावेशी भन्छौ, आरक्षणका कुरा पनि गर्छौ तर जव नीति निमार्णको तहमा महिलाको उपस्थितिको वारेमा कुरा गर्छै, अनि त्यो शब्द र भाषणमा मात्र सीमित गर्छाै । मैले त समावेशी र आरक्षण मलाई चाहियो भनेको पनि हैन । खुल्ला रुपमा उपाध्यक्ष पदमा लड्छु भन्दा टिकट दिइएन । अहिले दुवै टिममा हेर्नूस, खुल्ला रुपमा महिलालाई कहाँ स्थान दिइएको छ? म आफू सक्षम र समाजको लागि योगदान गर्न योग्य छु भने कसैको आर्शिवाद वा कुनै गुट वा उपगुटको गोटी बन्ने परम्परावाट हामी मुक्त हुनुपर्छ भन्ने “ट्रेण्ड सेटिंग “कायम गर्न पनि मैले खुल्लामा उम्मेदवारी दिएकी हुं । निर्वाचनमा जित हार भन्दापनि निर्वाचनमा जाने ब्यक्तिले उठाएको विषय र बोकेको एजेण्डा प्रमुख हो । म त्यही ट्रेण्ड सेट गर्नको लागि निर्वाचनमा आएकी हुं ।
तपाई आफै एक जनसम्पर्क समितिको नेतृत्व तहको ब्यक्ति, फेरी कसैको आर्शिवाद वा इन्डोर्समेण्ट चाहिदैन भन्नुहुन्छ, अलि विरोधाभाष भएन र?
मेैले यहाँ कुनै राजनितिक सिद्दान्त वा विचारको प्रतिनिधित्वको कुरा गरेकी हैन । गैर आवासीय नेपाली संघ संसारभर रहेका सबै गैरआवासीय नेपालीहरुको साझा र छाता संगठन हो । नेपाल सरकारसंग सम्झौता र सहमति गर्ने र नेपालीहरुलाई जोड्ने प्रतिनिधिमुलक संस्थामा सबै नेपालीहरु अटाउनुपर्छ भन्ने मेरो धारणा हो ।
हो, म जन्मजात नै एक प्रजातान्त्रिक आन्दोलनको लेगेसी बोकेको परिवारिक पृष्ठभूमिवाट आएकी महिला हु । मलाई त्यसमा गर्व छ । तर एनआरएनएमा हामीले विदेशमा बसेका आम मानिसको हक अधिकार र सुरक्षाको विषयलाई समेट्न जरुरी छ । मैले आमूल परिरवर्त यसैका लागि पनि भनेकी हु । एक समूहको वा एक विचारको मात्र प्रतिनिधित्व नभइ, समाजसेवामा लागेको ब्यक्ति खुल्ला र सबैको गुनासो सुन्ने र त्यसलाई कार्यान्ययन गर्न सक्ने सक्षम पनि हुनुपर्छ भन्ने मेरो धारणा हो ।
यो त चुवावताका प्रचारस्रसारको क्रममा भन्ने कुरा मात्र हो, त्यसकारण पनि आम मानिसमा तपाईहरु प्रति चासो नबढेको पो हो की?
“एकाउण्टीविलिटि इज अलवेज माई प्रायोरिटी एण्ड एभ्रिवन सुड वी एकाउण्टेवल”। हो, चुनावको लागि भएभरका कुराहरु यो गर्छाै, त्यो गछौं, भन्ने चलन हामीकहाँ छ अनि चुनावपछि त्यही मान्छे नै खोज्नुपर्छ । त्यसकारण मैलै एकाउण्टीविलिटीको कुरा उठाएकी हुं । यदि म आफ्नो प्रतिवद्दताहरु पुरा गर्न सक्दिन भने म त्यो पद वा नेतृत्वको लागि योग्य छैन भन्ने मेरो दृढ विश्वास हो । हामी जे बोल्छौ, त्यो गरेर देखाउनुपर्छ । म आदरणीय दाजुभाइ दिदीबहिनीहरुलाई यही आग्रह चाहन्छु कि म तपाईहरुसंग गरेको प्रतिवद्धतालाई व्यावहारमा पूर्ण रुपमा कार्यान्वयनमा उतार्नेछु । अर्काे कुरा, अहिलेका ९ जना उपाध्यक्षहरुमा म मात्र एक महिला खुल्ला प्रतिष्पर्धामा उत्रेको छु । म भन्दा सक्षम र क्षमतावान साथीहरु हुनुहुन्छ भने उहाँलनई मत दिनु मलाई त्यसमा आपत्ति छैन तर हामी सबैले सोच्नुपर्ने समय आएको छ । के हामी महिलाहरु महिला कोटाको लागि उभ्याइएका पात्र मात्र हौ त ? हामीले आफैसंग प्रश्न गर्ने समय आएको छ, हामी महिलाहरु आफै सक्षम छौं भन्ने कुरा प्रमाणित गर्न पनि मलाई मत दिनुहोस भनि दाजुभाइदिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु ।

सम्बन्धित समाचार

साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
एनआरएन विशेष

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 
Breaking News

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 

महेश श्रेष्ठद्वारा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा
Breaking News

महेश श्रेष्ठद्वारा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result