काठमाडौं । बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ दिनभित्र दाबी पेस गर्नका लागि प्रदेश सभामा रहेका राजनीतिक दलहरुलाई आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले जानकारी दिए।
यही साउन ८ गते मंगलबार साँझसम्ममा दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न भनिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-