Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गायक अरुणको संझना

साउन ६, २०७५ ११:०९ मा प्रकाशित
गायक अरुणको संझना
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ साउन / ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल……’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ ।

नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उहाँहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उहाँको स्मृति दिवस मनाउँदै आएको बताए ।

विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका स्व थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो ।

विसं २०२८ मा ‘…..जति माया गरे पनि जति कसम खाए पनि ….’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो ।

विभिन्न देशभक्तिपूर्ण गीतले उहाँलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी…….’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर….’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले उहाँलाई विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो ।

विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उहाँको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गर्नुभयो । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ ।

त्यस अवसरमा बूढामगरले नेपालको सांगीतिक क्षेत्रको विकासमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुहुँदै मगरात क्षेत्र मगर जातिको मात्र नभई देशको नै पहिचान हो भन्नुभयो ।

पुरस्कृत व्यक्तित्व धनकुमारी थापामगरले संगीत क्षेत्रको सफलताका लागि परिश्रम, लगाव तथा मेहनतको खाँचो रहेको औँल्याउँदै मगरजातिको छुट्टै वेषभूषा नेपालको गौरव हो भन्नुभयो ।

गलकोट नगरपालिकाका उपप्रमुख रेणुका थापामगरले स्व अरुण नेपालको सांगीतिक क्षेत्रमा उदाउँदो नक्षत्र भएको र उहाँले सांगीतिक क्षेत्रमा दिनुभएको योगदान विर्सन हुँदैन भन्नुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result