काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएकै दिन आइतबार नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/ ८१को मौद्रिक नीति सार्वजनिक गरेको हो । आइतबार सेयर बजार ६३.२४ अंकले बढेको हो ।
२.९२ प्रतिशतले बढेको शेयर बजार मापक नेप्से परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ ।
बैक, विकास बैंक, व्यापार उपसूचक बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।
यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-