काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आउँदो मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कांग्रेससँग देशैभर चुनावी तालमेल नहुने बताएका छन् ।
पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिन जोड दिँदै आए पनि पुनले बुधबार कांग्रेससँग आवश्यकताका आधारमा मात्रै चुनावी तालमेल हुने बताएका हुन्। देश सञ्चारसँग कुरा गर्दै नेता पुनले भने, ‘कांग्रेससँग आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ।’
कांग्रेसले आफूलाई बहमुत आउने गरी चुनावी तालमेल गर्न खोजेको भन्दै माओवादी, एकीकृत समाजवादी, जसपासहितका गठबन्धनमा आबद्ध दल झस्किएका छन्।
उनले भने, ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ। चुनावमा हामी मोर्चा बनाएरै जान्छौं। समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौँ।’
पाँच दलीग गठबन्धन बनाएर जाँदा आफूलाई कम्तिमा १०० सिट सुरक्षति गरेर मात्रै बाँकी ६५ सिटमा तालमेल गर्ने रणनीति कांग्रेसले लिएको छ। त्यसो हुँदा
प्रतिक्रिया लेख्नुहोस्:-