काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको हो।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोलले पराजित गरेको हो। नेपालका लागि दिपेश गुरुङले पहिलो गोल गरेका थिए। उनले ४१ मिनेटमा गोल गरेका थिए। त्यस्तै सुगम सुवालले ५८ मिनेटमा दोस्रो गोल गरे भने तेस्रो गोल ६१ मिनेटमा कृतिश रत्न छुन्जुले गरे। उनले पेनाल्टीमार्फत् गोल गरेका हुन्।
त्यस्तै मनग्य नकर्मी चौथो गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए। नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेल भारतसँग ३१ जुलाईमा खेल्ने छ।
प्रतिक्रिया लेख्नुहोस्:-