काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी बर्खास्त भएका छन्।
उनलाई गृहमन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो। उनलाई बर्खास्त गरिएको पत्र हेडक्वाटरमा आएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो। छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-