Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

साउन १०, २०७५ २:५५ मा प्रकाशित
एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’
Share on FacebookShare on Twitter

पोखरा, १० साउन / एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर (चार वीर) लाई दिएका छन् ।

चार वीरको निकै मिल्ती छ, एकजना पनि नछुट्टिने उनीहरु रमझमका साथ सोमरस भण्डारमा दिनहुँ रक्सी खान जान्छन्, क्षण भरमा झगडा हुन्छ तत्काल मिल्छन् पनि । एक दिन अर्कै गाउँबाट अटलबहादुर भन्ने व्यक्ति सोमरस भण्डारमा पुगेपछि सो गाउँमा विस्तारै उसैको रबाफ बढ्दै जान्छ । अटलबहादुरले गाउँका ती चार वीरलाई गोप्यरुपमा छुट्टाछुट्टै भेटेर सबैलाई मुख्य वीर बनाउने सपना पनि बाँड्छ ।

लहैलहैमा मुख्य वीर बन्ने आशमा चार वीर विभाजित गराएसँगै त्यसैको फाइदा उठाएर अटलबहादुर त्यस गाउँको मुखिया बनी सम्पूर्ण अधिकार आफूमा राखेको घोषणा गर्छन् । मुखिया बनेपछि प्रत्येक चार वीरले आफू मुख्य वीर बन्ने आशा गरेकामा कसैलाई पनि मुख्य वीर नबनाएपछिं उनीहरु अटलबहादुरसँग रिसाउँछन् ।

चार वीरमध्येका बलवीरले अटलबहादुरको फटाईं र ऊ अर्को कुनै ठाउँबाट भागेर आएको भनी प्रहरीमा उजुर गरी उसलाई पक्राउँछ । पछि विभाजित समाज पुनःएकाकार हुन्छ । पोखरा थिएटरमा यही साउन ७ गतेदेखि प्रदर्शित नाटक ‘अटलबहादुरको आतंक’ले नेपाली समाज एवं राज्य र यहाँको राजनीतिको जीवन्त चित्रण गर्न खोजेको नाटकमा रमझम सोमरस भण्डारको सञ्चालक (गुमानसिंह) को भूमिकामा अभिनय गरिरहनुभएका नाट्यकर्मी प्रकाश घिमिरे बताउनुहुन्छ ।

“नाटकमा नेपाली राजनीति, बाह्य प्रभाव एवं समाजको भाइफुटे गवार लुटेजस्ता धेरै अवस्थालाई प्रतिकात्मकरुपमा प्रस्तुत गरिएको छ,” उहाँ भन्नुहुन्छ, “नाटक शुरु भएयता पोखरेली दर्शकले यसलाई अभिरुचिपूर्व हेरिदिएका छन् ।”

नाटकमा अटलबहादुरको भूमिका माओत्से गुरुङले गर्नुभएको छ भने प्रकाश घिमिरले रमझम सोमरस भण्डारका सञ्चालक र पछि मुखियाको भण्डारेका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ ।

त्यस्तै अटलबहादुरकी पत्नी बनी मुखियानी बनेकी बबिता मल्ल ठकुरी (मैना), चारवीरमध्येका वर्षा केशव पराजुली (छत्रवीर), विभु भुसाल (धर्मवीर), दीलप्रसाद गुरुङ (बलवीर) र गोविन्दरमण पराजुली (रामवीर) सहित अन्य कलाकारका बेजोड अभिनय रहेका छन् । नाटकका कलाकारमध्ये अधिकांशले यसअघि धेरै नाटक एवं चलचित्रमा आफूलाई उभ्याइसकेका छन् ।

विगत दुई दशकअघिदेखि ‘श्रद्धाञ्जलि’, ‘परिस्थितिको बन्धन’, ‘टुक्रिएका सपना’लगायतका नाटकमा अभिनय गर्नुका साथै विभिन्न सडक नाटक, ‘अचम्मै भो’, ‘नकैफुँ’जस्ता टेलीचलचित्रमा समेत अभिनय एवं लेखन गरिसक्नुभएका केशव पराजुलीले ‘अटलबहादुरको आतंक’ नाटकलाई पोखरेली नाट्यप्रेमीले अभिरुचिका साथ हेरिदिएका बताउनुहुन्छ ।

“विभिन्न प्रलोभनमा परी एक आपसमा नमिल्दा समाज एवम् राष्ट्रको एकता भताभुङ हुने र यसको फाइदा बाहिरको व्यक्तिले लिने कुरालाई नाटकले देखाउन खोजेको छ,” उहाँ भन्नुुहन्छ, “नाटकको अटलबहादुर जस्तै धेरै व्यक्ति एवम् संस्थाका नाममा मिलेर बसेको हाम्रो समाज एवम् राष्ट्रलाई विभिन्न लोभ लालच देखाएर विखण्डित गराउने प्रयास गरिएको छ ।”

नाटकका लेखक एवं निर्देशक खगेन्द्र लामिछानेका अनुसार ‘अटलबहादुरको आतंक’ नाटक केही वर्षअघि आरोहण गुरुकूलमा मञ्चन भएको थियो ।

पोखरा थिएटरका सञ्चालक परिवर्तनका अनुसार आगामी साउन १६ गतेसम्म चल्ने पोखरेली कलाकारले अभिनय गरेको यो नाटक पोखरा थिएटरको तेस्रो प्रस्तुति हो । नाटक घर सञ्चालन भएयता बाहिरबाट ल्याइएका नाटकसमेत पोखरा थिएटरमा हालसम्म १७ वटा नाटक मञ्चन भइसकेको उहाँ जानकारी दिनुहुन्छ ।

पोखरा थिएटरमा मञ्चन भएका प्रत्येक नाटकले पोखरेली दर्शकको मन खिच्न सफल भएको निर्देशक लामिछानेको भनाइ छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result