काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीय निर्वाचनमा दलहरुले पाएको लोकप्रिय मतबारे जानकारी दिइएको हो ।
कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार कांग्रेसले ३४।२८ र एमालेले ३३।०३ प्रतिशत मत पाएका छन् ।एमालेभन्दा काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विवरणमा उल्लेख छ । आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ ।
जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-