काठमाडौं । काठमाडौं–४ बाट निर्वाचित सांसद गगनकुमार थापाले निर्वाचन खर्च विवरण समयमा सार्वजनिक नगरेको कसुरमा निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।
‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु‚’ उनले फेसबुकमा लेखेका छन्‚ ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’
प्रतिक्रिया लेख्नुहोस्:-