काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन नमान्ने बताएका छन् ।
उनले शनिबार काठमाडौमा राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन नमान्ने बताएका हुन् ।
उनले ६ दलको सरकारलाई ढाँटछल, बजेटमारा र राष्ट्रिय ढुकुटीमाराको संज्ञा दिए । उनले बजेट बनाउँदा र करका दर तय गर्दा कमिसन खाएको दावी गर्दै त्यसको छानविन गर्न र फुटेज देखाउन भन्दा किन छानविन र फुटेज देखाउने ? भनेर प्रश्न गरेको बताए । उनले प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानविन समिति गठनप्रति प्रश्न उठाउँदै भने, ‘आयोगको गठन कस्तो छ भन्दा जसलाई चाहियो उसलाई अल्पमतमा राख्या छ । गठबन्धनहरुकै बहुमत राखेर आयोग बनाएको छ । त्यो बहुमतले गठबन्धनकै भनाइ अुनसार रिपोर्ट दिन्छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-