काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता स्वार्थका लागि विदेशीको गोडा नमोल्न प्रमुख दलका नेतालाई सुझाव दिएका छन्।
उनले सोमबार रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस, एमाले र माओवादी लगायतका पार्टीले संसदबाट एमसीसी पास गरेर नेपाललाई चीन विरोधी क्याम्पमा उभ्याएको बताए।
‘दुवै सदनबाट पास भएको नागरिकता विधेयक नेपालीको हितमा छैन। अहिलेको नागरिकता विधेयकले भविष्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावना छ’ उनले भने, ‘नेपालको अस्तित्व कायम राख्न संघीयता, एमसीसी, नागरिकता विधेयकसहित विभिन्न कालखण्डमा भएका असमान सन्धि, सम्झौता खारेज गर्नुपर्छ।







प्रतिक्रिया लेख्नुहोस्:-