काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेको आरोप छ। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको बताइएको छ । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-