काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन्। उनले बुधबार सुदूरपश्चिम प्रदेश समितिको १३ औं बैठक तथा नवीन राप्रपाको अवधारणाबारे जानकारी दिन राप्रपा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन्।
‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतिमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषी हुन्छन् ?’
उनले एक क्वीन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।
प्रतिक्रिया लेख्नुहोस्:-