काठमाडौं । निर्वाचनको घोषणासँगै सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो। जसअनुसार अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।
महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।
बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन्। लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-