काठमाडौं । भ्रष्टाचार मुद्धामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको जिल्ला अदालतले उनलाई एक लाख जरिवाना सहित यस्तो सजाय सुनाएको हो।
शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा वकिल उपस्थित नभएपछि अदालतले आफ्नो फैसला सुनाएको हो। फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ।
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले सजाय पाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-