काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको टिप्पणी गरेका छन् ।
उनले शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।
‘कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-