दूरबिन नेपाल, न्युयोर्क
गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्ययोर्कमा फेरी निशुल्क खाद्यान्न वितरण शुरु गरेको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार अगष्ट ११ तारिखका दिनदेखि खाद्यान्न वितरण शुरु गरिएको छ । मंगलबार साँझ ५ बजे ७२–२४ ब्रोडवे ज्याक्सन हाइंट्समा पुनः निशुल्क खाद्यान्न तथा राहत सामग्री वितरण गरिएको हो । वितरण गरिएको खाद्यान्न तथा राहत सामग्रीमा १०० बक्स ग्रोसरी र २५०० पिस सर्जिकल मास्क रहेका थिए । फाउण्डेसनलाई वितरणको लागि १००० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि र ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिसबाट प्राप्त भएको थियो । त्यसैगरी ऐसेमब्लीमेन माईकल डेनडेक्कर र सेनेटर जोन लु बाट फाउण्डेशनलाई ५०० प्रतिका दरले सहयोग प्राप्त भएको अध्यक्ष घिमिरेले जनाएका छन । ति सबै सामग्रीहरु विभिन्न समुदायका १०० जना व्यक्तिहरुलाई वितरण गरिएको थियो ।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यद्वय सूर्य सिम्खडा र विनोद थापा खटिएका थिए भने नेपाली कांग्रेसका नेताहरु ज्ञानल थापा, प्रेम क्षेत्री, पंकज सुब्बा, अनिल पण्डे, दिपक पन्त, धुर्व कुँवर, सुवोध खातीले स्वयंसेवकको भुमिका निभाएका थिए । फाउण्डेशनका महिला सदस्यहरु रेखा श्रेष्ठ र भावना सिमखडा, ने.का. नेत्री कमला पन्त र घ्याल्सुम्दो सेवा सस्थां अमेरिकाकी अध्यक्ष निमा ल्हामो लगायतपनि राहत तथा खाद्यान्न वितरण कार्यक्रमम खटिएका थिए । सो समयमा घ्याल्सुम्दो सेवा सस्थां अमेरिकाकी अध्यक्ष निमा ल्हामोलाई फाउण्डेशनले २५० वटा सर्जिकल मास्क हस्तान्तरण गरेको थियो ।
राहत तथा खाद्यान्न वितरण कार्यक्रममा सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले अवलोकन गरेका थिए । पछिल्लो राहत वितरण कार्यक्रमपनि उनीहरु लगायत ब्रुकलिन बोरो ब्रुकलिन बोरो प्रेसिडेन्ट, क्वीन्सबोरो प्रेसिडेन्ट र न्युयोर्कका मेयर कार्यालयको पनि उत्तिकै सहयोग रहेको र ती कार्यालयकै अनुरोधमा वितरण गरिएको फाउण्डेसनले जनाएको छ । फउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले विभिन्न राहत वितरण कार्यक्रमकालागि सहयोग गर्ने क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि लियु र माईकल ज्यानारेसिस एवम् न्युयोर्क राज्यका ऐसेमब्लीमेन माईकल डेनडेक्कर र मेयर कार्यालयप्रति हार्दिक आभार व्यक्त गरिएको जनाएका छन ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै राहत तथा खाद्यान्न वितरण गर्दै आएको थियो । यसअघि जुन २३, २०२० मा १२ औं चरणको वितरण कार्य सम्पन्न गरेको थियो । सेवा नै धर्म हो भन्ने नाराका साथ फाउण्डेशनले विभिन्न समुदायका ६००० जना भन्दा बढीलाई सेवा पुर्याइ सकेको दावी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-