काठमाडौं । उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । शुक्रबार पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा.सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धबारे सो अवसरमा चर्चा गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-