काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ३.६१ अंकले घटेको हो ।
सोमबार कुल २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर दुई अर्ब ९ करोड १३ लाख ९० हजार ६३९ रुपैयाँमा किनबेच भएको छ ।
१३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक बढेको छ । आठवटा उपसमूहको समूहगत सूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक ०.६५ प्रतिशतले बढेको छ । ट्रेडिङ उपसमूहको समूहगत सूचक १।४१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-