काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता हुने कुरा बताएका छन् ।
उनले शुक्रबार कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै कांग्रेस संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गरिने बताएका हुन् ।
‘लोक सेवा आयोगले सहमति दिएको सात दिनभित्र संसदमा निजामती सेवा ऐन दर्ता हुन्छ । निजामती सेवा ऐन पारित हुँदा सेवाग्राहीले सम्मानपूर्वक छिटो छरितो सेवा पाउने संविधानको हकको प्रत्याभूति हुने छ ,’ उनले भने, ‘निजामती सेवा ऐन पारित गर्ने प्रतिबद्धता गठबन्धन दलहरु, वर्तमान सरकार र संसदको छ भन्ने कुरा विश्वासका साथ व्यक्त गर्न चाहन्छु । त्यही अनुसार छलफल भएको छ।’
संघीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-