काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले गिरीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार साँझ मेडिसिटीअस्पताल पुगेर उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्
‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।
गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए । उ







प्रतिक्रिया लेख्नुहोस्:-