Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजा नेपाली समुदायको हितका लागि हातेमालो गर्दै हिँड्न तयार छ: नेजा अध्यक्ष पन्त

भदौ ४, २०७५ ४:१९ मा प्रकाशित
नेजा नेपाली समुदायको हितका लागि हातेमालो गर्दै हिँड्न तयार छ: नेजा अध्यक्ष पन्त
Share on FacebookShare on Twitter

डालास (टेक्सस) १९ अगस्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले डालासको टेक्ससमा आज आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुदिप पन्तले नेपाली समुदायको हितका लागि नेजा सबैसँग हातेमालो गर्दै हिँड्न तयार भएको बताएका छन् ।

एनआरएनए अमेरिकाले नेजाको नयाँ नेतृत्त्वसंग सहकार्य र समन्वय गर्ने कामको अगुवाई गरेकोमा एनआरएनए अमेरिकाको समग्र टिमलाई नेजाको तर्फबाट धन्यवाद दिंदै डालासको सबल नेपाली समुदायकाबीच अन्तरक्रिया गर्न पाएकोमा निकै खुसी भएको बताउँदै पन्तले भने- “संचारकर्मीहरु  समाजको आँखा भएकोले समाजको अभिन्न अंग कै हैसियतमा प्रवासमा पनि नेपाली समुदायकै हितका लागि समाज सेवा गरिरहेछन्। पत्रकारहरुलाई पेशागत निष्ठामा रहन समाजले पनि सहयोग गर्नु जरुरी छ।” यस अतिरिक्त पत्रकार र नेपाली-अमेरिकन समुदायको हितका लागि भनेर खुल्ने कुनै पनि संस्था प्रति आफ्नो कुनै गुनासो नरहेको र सबैको कामको उचित मूल्याँकन समुदायले गर्नु पर्ने पन्तले बताए। उनले आफ्नो दुईबर्षे कार्यकालमा नेजाका सबैखाले गतिविधिमा कुनै राजनीतिक गन्ध आउन नदिने प्रतिबद्धता समेत व्यक्त गरे। 

सियाटलमा जुलाई तेश्रो साता सम्पन्न अधिवेशनबाट आगामी दुई बर्षे कार्यकालको लागि निर्वाचित कार्यसमितिसंग परिचयात्मक कार्यक्रमका साथै ‘समुदाय र सञ्चारको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रम एनआरएनए अमेरिकाले आयोजना गरेको हो।

कार्यक्रममा एनआरएनए अमेरिकाका पदाधिकारीहरु एवं सदस्यहरु, नेजाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नेजाका सल्लाहकार बरिष्ठ पत्रकार तारा बराल समेतको उपस्थिति रहेको थियो।डालास र वरिपरिका शहरहरु ह्युस्टन र अस्टिनबाट समेत नेपाली समुदायकाका प्रतिनिधिहरुको सक्रिय उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा प्रवासमा नेपाली पत्रकारिताका बिविध पक्षहरुमा सहभागीहरुले आफ्ना बिचार र प्रतिक्रियाहरु राखेका थिए।

 

विभिन्न नेपाली अनलाइन मिडियाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा पत्रकारहरुले समुदायको समाचार बनाउने हो, आफैं नै समाचार बनिरहने स्थिति आउन दिन नहुने, पत्रकारले ठूला भनिने मान्छे र ठूला संस्थाको मात्र समाचार लेख्ने होइन कि स्थानीय संघ-संस्थाको समाचार पनि उत्तिकै प्राथमिकता दिनु पर्ने लगाएतका सुझावहरु निकै सुनियो। सकारात्मक सन्देश प्रवाह भएमात्र पत्रकारिताले समाजको हित गर्ने बिचार पनि प्रस्तुत भए। पत्रकार कुनै छुट्टै ग्रहबाट आएका होइनन्, उनीहरु यही समाजको अंगका रुपमा समाजका गतिविधिबाट प्रभावित हुने, सक्षम नेपाली समाज र व्यवसायीहरुले केही सहयोग नगरी उनीहरुले मात्र समाजलाई केही दिइरहन नसक्ने बिचार पनि निकै शसक्त ढंगबाट ब्यक्त गरिए। ‘पेड र खल्ती पत्रकारिता’ले समाजको हित नगर्ने र नैतिकता र विवेक नगुमाईकन पत्रकारहरुले काम गर्नु पर्ने बिचार पनि जोडदार ढंगले राखिएको थियो। यसैगरी सहभागीहरूले पत्रकार र पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र हुनुपर्ने धारणा राखेका थिए । समाजलाई गतिशील बनाउन पत्रकारको ठूलो भूमिका रहने हुँदा सबैले यसलाई टेवा दिनुपर्ने धारणा राखिएको थियो ।

कार्यक्रममा अमेरिका भ्रमणका सन्दर्भमा डालास मै रहेका नेपाल सरकारका पूर्व मन्त्री दिपक गिरी, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्जवल बराल लगाएतका व्यक्तित्वहरुले प्रवासमा बसेरपनि नेपाल र नेपालीप्रति नेपाली समुदायले देखाएको देशप्रेमका लागि धन्यवाद ज्ञापन गरेका थिए। नेपालमा कहिले कहीं पत्रकारले पैसाको भरले समाचार लेख्ने र सत्य-तथ्य लुकाउनेगरेको आफूहरुलाई थाहा भएपनि अमेरिकामा समेत त्यस्तैखालको गुनासो सुन्दा असहज लागेको आफ्नो बिचारका क्रममा पूर्व मन्त्री र गोकर्णेश्वरका मेयरले बताए।

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष सुनिल साहको अध्यक्षतामा आयोजित कार्यक्रम एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर बाल जोशीले संचालन गरेका थिए। एनआरएनए अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए भने एनआरएनए अमेरिकाका प्रवक्ता विनोदबावु तिवारीले कार्यक्रममा सक्रिय सहभागिताकालागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result